२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

भ्रष्टाचार विरुद्धको अभियान जारी राख्छौँ, भिजिट भिसा प्रकरण त्यत्तिकै छोड्दैनौँ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

शनिवार , जेठ ३२, २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरुद्धको अभियान जारी राख्ने बताएका छन् । उनले शनिबार माओवादी केन्द्र दोलखा—काठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग माओवादीको दुई बुँदे सम्झौता भएपछि संसद् खुलेको बताए । तर भिजिट भिसा प्रकरणलाई त्यत्तिकै नछोड्ने उनले बताए ।

भिजिट भिसा प्रकरणमा सत्ता पक्ष दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए–नभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने पनि उनले बताए ।

शुक्रबार संसद् अवरोध खुलाउन सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच दुई बुँदे सहमति भएको हो । उक्त दुई बुँदे सहमतिपछि शुक्रबार विपक्षी दल रास्वपा र राप्रपाले विरोध गरे पनि संसद चलेको थियो ।

भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा साथै छानबिन समितिको मागसहित लामो समयदेखि विपक्षीले सदन अवरुद्ध गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ