२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

संसद बैठक सुरु, रास्वपा र राप्रपाको अवरोध आज पनि जारी

आइतवार , आषाढ १, २०८२

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बैठक दुई घण्टा ढिलागरी सुरु भएको हो ।

बैठकमा आज पनि विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध गरेका छन् ।

दुई दलको अवरोधबीच सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेलाई समय दिएका छन् । घिमिरेले बोल्न थालेपछि रास्वपाले वेल घेराउ गरेका छन् ।

लामो समयदेखि जारी संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले आइतबार प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए । तर विपक्षी दलहरू रास्वपा र राप्रपाले आ–आफ्ना अडान कायमै राखेकाले सहमति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ