२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य छ : मन्त्री पाण्डे

आइतवार , आषाढ १, २०८२

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका कतिपय धार्मिकस्थल चीन र भारतका पनि आस्थाका केन्द्र भएकाले ती देशबाट अधिकाधिक धार्मिक पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य भएको बताएका छन् ।

बौद्धनाथ क्षेत्र विकास समितिले ‘हिमाली बौद्ध धर्म र परम्परा’ शीर्षकमा आज यहाँ आयोजना गरेको पाँचदिने प्रशिक्षणमा उनले बुद्ध र वेदभूमि हाम्रो देश समान धार्मिक विश्वासका कारण दुवै राष्ट्रका निम्ति आस्थाका केन्द्र भएका बताए ।

मुलुकका धार्मिक एवं सांस्कृतिकस्थलको समुचित प्रचारप्रसार हुनुपर्नेमा जोड दिँदै मन्त्री पाण्डेले त्यसो हुन सकेमा धार्मिक पर्यटन विस्तारमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै उनले धर्मसंस्कृतिको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ