२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

आइतवार , आषाढ १, २०८२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मनसुन पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी सरोकारवालाहरू सँग छलफल गरेका छन् । वर्षायाम सुरु भएसँगै देशका विभिन्न ठाउँहरूमा हुनसक्ने प्राकृतिक प्रकोपका घटनाहरूको प्रतिकार्य र त्यस समयमा उपभोग्य सामग्रीको अभाव नहोस् भनी तयारी गर्नका लागि उक्त छलफल गरिएको हो ।

छलफलका क्रममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाल्ट ट्रेडिङ कप्रोरेशन लिमिटेड र नेपाल आयल निगम लिमिटेडले अत्यावश्यक सामग्रीको अभाव नहुने बताएका छन् । यी निकायहरूबाट अनिवार्य उपलब्ध हुनुपर्ने चामल, नुन, ग्यास तथा पेट्रोलियम पदार्थको पर्याप्तता रहेको जनाएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल, दाल, नुन, तेल लगायतका खाद्य सामग्रीहरु उपलब्ध गराउन सक्ने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए । उनले देशैभरी रहेका सबै गोदामहरुमा सामग्री राखिएकोले मनसुनको समयमा यातायात अवरुद्ध हुने अवस्था आएपनि सामानहरु उपलब्ध गराउने सक्ने बताए ।

शाल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले पनि अत्यावश्यक वस्तुहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको बताइन् भने, आयल निगमबाट उपलब्ध हुने सेवाहरू वर्षा याममा अभाव नहुने निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहको भनाई छ ।

यसैगरी निजी क्षेत्रका प्रतिनिधिहरूले समेत आफूहरूले उपलब्ध गराउने सेवाहरूमा कमी आउन नदिने जनाएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले प्रदेश तथा जिल्ला स्तरका सबै समितिहरूलाई मनसुनको समयमा उपभोग्य बस्तुहरूको अभाव हुन नदिन पत्राचार गर्ने बताए ।

यस सन्दर्भमा मन्त्री भण्डारीले निजी क्षेत्रका व्यवसायीहरूलाई समस्यामा परेका नागरिकलाई सहयोग गर्न आग्रह गरे । निजी क्षेत्र सँग भएको कोषको उचित परिचालन गर्न आग्रह गर्दै उनले सेवाको भावना दर्साउन आग्रह गरे । छलफलमा सहभागी नेपाल उद्योग, वाणिज्य महासङ्घ तथा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले मनसुन पूर्व तयारी तथा प्रतिकायमा आवश्यक भूमिका निर्वाह गर्ने बताएका छन् । मन्त्रालयका सचिव डा.राम प्रसाद घिमिरेले प्रकोप तथा विपदजन्य गतिविधिको मिलेर सामना गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ