काठमाडौं। महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामाको घोषणा गरेका छन्।
शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन्।
पत्रकार सम्मेलनमा उनले भने ‘प्रतिनिधि सभा विघटनको मुद्दा चलिरहँदा मेरो राजीनामाको बारेमा चर्चा चलेको थियो तपाइँहरुको त्यो चाहना आज पूरा गरिदिएँ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्। खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।