२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

देशका विभिन्न भागमा सञ्चालित जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’

सोमवार , आषाढ २, २०८२

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले देशका विभिन्न भागमा सञ्चालित जल विद्युत् आयोजनाको प्रगतिबारे जानकारी दिएका छन् ।

मन्त्री खड्काले आज उनलाई १४० मेघावाट क्षमताको तनहुँ जलविद्युत् तथा १२६ मेघावाटको तल्लो सेती आयोजनामा हालसम्म भएका प्रगतिबारे जानकारी गराएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

निर्माणाधीन सबै आयोजना चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बद्ध सबै पक्ष लाग्नुपर्नेमा राष्ट्रपतिले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ