२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

स्थानीय उत्पादन प्रर्वद्धनमार्फत रोजगारी वृद्धि गर्ने सरकारको नीति : मन्त्री भण्डारी

सोमवार , आषाढ २, २०८२

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी सिर्जना गर्ने स्पष्ट नीति अवलम्बन गरेको बताएका छन् ।

ललितपुर महानगरपालिकाद्वारा आयोजित चौथो महिला उद्यमी सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले महिला उद्यमशिलतालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै महिलाद्वारा सञ्चालित उद्यममा कर छुटको व्यवस्था गरिएको जानकारी दिए ।

“वर्तमान सरकारले ल्याएको बजेटमा उद्यमशिलतालाई प्राथमिकता दिइएको छ,” मन्त्री भण्डारीले भने, “उद्योग मन्त्रालयले प्रस्ताव गरेका ३१ वटा कार्यक्रम बजेटमा समावेश गरिएका छन्।”

उनका अनुसार नवप्रवर्तनमा आधारित उद्यम स्थापना गर्न चाहनेलाई लक्षित गर्दै आगामी आर्थिक वर्षका लागि ७३ करोड रुपैयाँ स्टार्टअप कर्जाका लागि विनियोजन गरिएको छ । त्यसैगरी, दलित महिला उद्यमीलाई लक्षित गर्दै ‘भगत सर्वजीत महिला उद्यमशिलता कार्यक्रम’ सञ्चालनमा ल्याइएको जानकारी पनि दिए ।

मन्त्री भण्डारीले सार्वजनिक निकायहरूलाई स्वदेशी उत्पादनको प्रयोग गर्न निर्देशन दिइसकिएको उल्लेख गर्दै यस्तो अभ्यासले स्थानीय उत्पादन, सीप र श्रमलाई प्रत्यक्ष लाभ पुग्ने बताए ।

उनले भने, “सार्वजनिक निकायहरूले स्वदेशी उत्पादनको प्रयोग गरेमा आर्थिक चक्र देशभित्र घुम्छ। त्यसैले म ललितपुर महानगरलाई आग्रह गर्छु, सातामा कम्तीमा तीन दिन स्वदेशी लुगा अनिवार्य रूपमा प्रयोग गरियोस् ।”

नेपालमै उत्पादन हुने कोदोको मदिरा प्रयोगसम्बन्धी सरकारले गृहकार्य अगाडि बढाइरहेको मन्त्री भण्डारीले जानकारी दिए । साथै, स्वदेशी उत्पादनको गुणस्तर वृद्धिसँगै निर्यात प्रर्वद्धन गर्न उद्यमीहरूलाई आग्रह गरे ।

कार्यक्रमकी अध्यक्ष तथा ललितपुर महानगरपालिकाकी उप–प्रमुख मञ्जली शाक्य बज्राचार्यले हालै सरकारद्वारा ल्याइएका नीति स्वागतयोग्य रहेको बताउँदै महानगरले ती नीति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर देशकै पहिलो नगरपालिका भएकाले अन्य नगरपालिकाभन्दा फरक ढंगले काम गर्दै आएको उल्लेख गर्दै उद्यमशीलता प्रर्वद्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ