२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

जनतामा छरिएका भ्रम चिर्न जरुरी छ : मन्त्री दाहाल

मंगलवार , आषाढ ३, २०८२

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागरिकमा छरिएका भ्रमहरु चिर्न आग्रह गरेका छन् ।

देशमा केही भएन र हुँदैन भन्ने भाष्य निर्माण गरी भ्रम छर्ने काम भइरहेकाले त्यस्ता तत्वलाई परास्त गर्न जरुरी रहेको उनले बताए । मन्त्री दाहालसँग भेट गर्न आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन (अनेरास्ववियु) को नेतृत्वलाई मन्त्री दाहालले सो आग्रह गरेका हुन् ।

हालै झापामा सम्पन्न अनेरास्ववियुको २४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको टोलीले मन्त्री दाहालसँग भेट गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्यसमेत रहेका मन्त्री दाहालले नेपालको शैक्षिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको सङ्गठनले गुणस्तरीय, जीवन उपयोगी र व्यावहारिक शिक्षाका लागि नेतृत्व लिने विश्वास व्यक्त गरे ।

अखिलको महाधिवेशनबाट नीति, योजना तथा अनुसन्धान आयोगको अध्यक्षमा निर्वाचित प्रकाश विष्टसहित केन्द्रीय सदस्य एवम् सचिवालय सदस्यमा निर्वाचितहरुले मन्त्री दाहालसँग भेट गरेका हुन् ।

भेटका क्रममा नेकपा (एमाले) झापा काठमाडौँ सम्पर्क मञ्चका उपाध्यक्ष मनोज दाहाल, अखिलका पूर्वसचिव मनोज ताम्लीलगायतले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ