२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

धनगढीमाईका हजारौँ नागरिकको खानेपानीको सपना आज साकार भएको छ : मन्त्री यादव

बिहिवार , आषाढ ५, २०८२

नैनपुर (सिरहा) । खानेपानीमन्त्री प्रदीप यादवले धनगढीमाई नगरपालिकाको वडा नं ११, १२ र १३ का हजारौँ नागरिकको लामो समयदेखिको सुरक्षित एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने सपना आज साकार भएको बताएका छन् ।

आज धनगढीमाई नगरपालिका स्थित डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले धनगढीमाईका हजारौँ नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्ति दिलाउनुका साथै उनीहरुको खानेपानीसम्बन्धीको समस्या समाधान भएको बताए ।

उनले भने, “हामीले आजदेखि धनगढीमाई नगरपालिका वडा नं ११, १२ र १३ का हजारौँ नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्त गराएका छौँ । यो सरकारको नागरिकप्रतिको प्रतिबद्धताको उदाहरण पनि हो ।”

स्थानीय तहसँगको सहकार्यद्वारा देशभरका नागरिकलाई सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउने सरकारको प्रतिबद्धता रहेको समेत मन्त्री यादवले स्मरण गराए । “धनगढीमाईका बासिन्दाले बिगतदेखि दैनिक रूपमा भोग्दै आएको पिउने पानीको सङ्कट अन्त्य भएको छ,” उनले भने, “अब नागरिकलाई शुद्ध, सुरक्षित र नियमित पानी आपूर्ति हुने विश्वास दिलाउँछु ।”

यसैगरी मन्त्री यादवले यो आयोजना मार्फत नगरवासीलाई घरदैलोमै स्वच्छ, सुरक्षित र पर्याप्त मात्रामा खानेपानी पुर्‍याइ यहाँका स्थानीयवासीको स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा समेत उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे ।

आयोजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न स्थानीय सरकार, प्राविधिक समूह र जनसहभागिताको ठूलो भूमिका रहेको उल्लेख गर्दै मन्त्री यादवले प्रशङ्सा समेत गरे । उनले यस्ता आयोजनाले समावेशी विकासलाई तीव्रता दिने उल्लेख गर्दै अन्य वडाहरूमा पनि क्रमशः यस्ता योजना विस्तार गरिने प्रतिबद्धता जनाए ।

उनले भने, “नागरिकहरूको सक्रिय सहभागिता र जनश्रमदान बिना कुनै पनि योजना सफल हुन सक्दैन, र यस आयोजना प्रति देखिएको जनताको विश्वास र सहयोगप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।”

खानेपानी सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्यले मन्त्रालयको नीति तथा योजनाले नागरिकको हित र समुन्नतीलाई केन्द्रबिन्दुमा राखि सुरक्षित, भरपर्दो र दिगो खानेपानी सेवा प्रवाह सुनिश्चित गर्ने प्रमुख लक्ष्य रहदै आएको बताइन् ।

यसैगरी खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामुकमार श्रेष्ठले खानोपानी विभागले मानव विकास सुचाङ्क कम भएका स्थानमा प्राथमिकताका साथ खानेपानी योजना कार्यन्वयन गरिरहेको र तराई मधेशका २८० वटा अधुरो योजनाहरु सञ्चालन गर्न नीतिगत सुधार गरि कार्यन्वयन गर्ने तयारीमा रहेको जानकारी दिए ।

उनले भने, “विभागले खानेपानी योजनाहरु जलवायु परिवर्तन उत्थानशिल हुने गरी निर्माण गर्ने र दीगो रुपमा सञ्चालन गर्ने व्यवस्था गरिरहेकोे छ । यस डाबरटोल नरैनपुर खानेपानी योजनाले धनगढीमाईवासीको जीवनस्तर सुधार्न महत्वपुर्ण भुमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ ।”

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधनप्रसाद सिंह तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशङ्कर महतोले धनगढीमाई नगरपालिकाको वडा नं ११, १२ र १३ निर्माण सम्पन्न भएको डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाले यहाँका नागरिकहरुको पानीको समस्या दीर्घकालिन रुपमा समाधान गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

रु १० करोड ९४ लाख लागतमा पाँच वर्षपछि निर्माण सम्पन्न भएको उक्त आयोजनाबाट वडा नं ११, १२ र १३ का कम्तिमा पनि एक हजार ५०० घरधुरीका आठ हजार छ सय जना लाभान्वित हुनेलाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरका आयोजना प्रमुख हरिप्रसाद शर्माले जानकारी दिए ।

उक्त कार्यक्रममा स्थानीयवासी,जनप्रतिनिधि, कर्मचारी लगायत हजारौँको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ