काठमाडौं । रास्वपाले आज पनि प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ। रास्वपाले प्रतिनिधि सभाको बैठकमा वेल घेराउ गरेको हो।
सभामुख देवराज घिमिरेले संसद बैठक सुरु गरेलगत्तै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध गरेका हुन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै सदन अवरोध गरेको हो।
राप्रपाले भने आज पनि बैठक बहिस्कार गरेको छ। उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस