काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अम्बर बहादुर थापाले बजेट किताब च्यातेका छन् । सांसद थापाले सदनमै आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका च्यातेका हुन् ।
सांसद थापाले प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको बताए । उनले बजेट विभेदकारी रहेको बताए ।
‘जनताबाट उठेको राजस्वबाट बनेको बजेट जनताप्रति उत्तरदायी छैन’ उनले भने ।
प्रतिक्रिया दिनुहोस