काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच छलफल सुरु भएको छ । सिंहदरबारमा केहीबेरअघि शिर्ष नेताहरुको सिंहदरबारमा छलफल सुरु भएको हो ।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू छन् ।
नेताहरुबीच संक्रमणकालीन न्याय सम्बनधी विषयमा छलफल भइरहेको छ । साथै, समसामयिक विषयवस्तु र राजनितीक घटनाक्रमका बारेमा पनि छलफल भइरहेको छ ।
बैठकमा संसदको गतिरोधबारे पनि छलफल हुने बताइएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले सदनमा विरोध जनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस