२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

आज रास्वपाको तेस्रो स्थापना दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइयो

शनिवार , आषाढ ७, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज तेस्रो पार्टी स्थापना दिवस मनाएको छ । रास्वपाले आज विभिन्न कार्यक्रम गरी देशभर पार्टी स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसका अवसरमा रास्वपाले आज बिहान माइतीघरमा ‘सडक र संवाद’ भेला आयोजना गरेको थियो । भेलामा राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान समेत सुरु गरिएको रास्वपाले जनाएको छ ।

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मतदाता, शुभेच्छुक सदस्य तथा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति आभार प्रकट गरेका छन् । त्यस अवसरमा उनले समृद्ध र न्यायपूर्ण समाज निर्माणमा पार्टी निरन्तर अघि बढने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ