२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ : सांसदहरू

आइतवार , आषाढ ८, २०८२

काठमाडौँ । सांसदहरूले निर्वाचन प्रणाली बदलेर नयाँस्वरूपमा जानुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज तोकिएका विषयका बारेमा विचार राख्दै सांसद महेन्द्र शाहीले निर्वाचन प्रणालीकै कारण सुशासनमा समस्या भएकोलगायत विकृतिका बारेमा चर्चा हुने गरेकाले यसलाई बदल्नुपर्ने बताए ।

वार्षिक पुँजी वृद्धि कसरी गर्न सकिन्छ भन्नेतिर ध्यान नगएको, जम्मा भएको राजस्व बाँड्नेमात्र अर्थमन्त्रीको काम हो कि जस्तो भान पार्न नहुने पनि उनले सुनाए ।

सांसद प्रकाश ज्वालाले सहरी विकास मन्त्रालयलाई विचौलियाको कमाइ खाने भाँडो बनाइएको बताए । गणेशमान सिंहका नाममा रु ५७ करोड बजेट छुट्याएर अपमान गर्न खोजिएको उनको विचार छ । पुष्पलालका नाममा रु ७० लाख बजेट दिइएको पनि सांसद ज्वालाले बताउँदै यस्ता विनियोजनले जनताको करको दुरुपयोग भएको भनाइ राखे ।

कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भनी संरचना बनाइए पनि हुन नसकेको उनले सुनाए । प्रविधिमैत्री कानुन नबनाए विकास निर्माणका काम अघि बढ्न नसक्ने सांसद ज्वालाको भनाइ थियो ।

सांसदद्वय रञ्जुकुमारी झा र अब्दुल खानले उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष जिम्मेवारी दिनुपर्ने, विभिन्न निकायमा नियुक्त गरिने सल्लाहकारको सङ्ख्या घटाइनुपर्ने, युवा नीतिमार्फत युवालाई उद्यममा जोड्नुपर्ने, पठाओ, इनड्राइभ, यङ्गुलगायतले युवालाई रोजगारी दिएकाले यसलाई कानुनी रुपमा व्यवस्थित गरिनुपर्ने, युवा विकास निर्माण आर्मी गठन गर्नुपर्नेमा उनीहरूले जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ