२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

११ महिनामा १४ खर्ब रुपैयाँ व्यापार घाटा, सबैभन्दा धेरै भारत र चीनसँग

सोमवार , आषाढ ९, २०८२

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा नेपालले १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख ७३ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्षको घाटा ६ दशमलव ३० प्रतिशतले बढी हो ।

गत आर्थिक वर्ष २०८०/०८१ को सो अवधिमा नेपाललाई १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ व्यापार घाटा भएको थियो । ११ महिनामा नेपालले विभिन्न देशबाट १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रुपैयाँको वस्तु तथा सामान आयात गर्दा निर्यात भने २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँको मात्र गरेको छ ।

भन्सार विभागका अनुसार नेपालले बढी व्यापार घाटा बेहोरेका देशहरू क्रमशः भारत, चीन, अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब इमिरेट्स (युएई), अस्ट्रेलिया, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, ब्राजिललगायत छन् । अहिलेको अवस्थामा नेपालको सबैभन्दा ठुलो व्यापार घाटा भारतसँग रहेको विभागले जनाएको छ ।

विभागका अनुसार ११ महिनामा भारतसँग नेपालको व्यापार घाटा ७ खर्ब ७६ अर्ब २३ करोड ९९ लाख ५० हजार रुपैयाँ छ । भारतबाट उक्त अवधिमा ९ खर्ब ७७ अर्ब १३ करोड ८० लाख ९९ हजार रुपैयाँको वस्तु तथा सामान नेपाल भित्रिएको छ भने नेपालबाट भारतमा २ खर्ब ८९ करोड ८१ लाख ४८ हजार रुपैयाँको मात्र वस्तु तथा सामान निर्यात भएको छ ।

त्यस्तै, नेपालको व्यापार घाटा चीनसँग पनि उच्च छ । जेठसम्ममा चीनबाट नेपालमा २ खर्ब १४ अर्ब ५७ करोड ५६ लाख ९७ हजार बराबरको वस्तु तथा सामान आयात भएको छ भने नेपालबाट चीनमा २ अर्ब ४८ करोड १७ लाख २४ हजार रुपैयाँको वस्तु निर्यात भएको विभागले जानकारी दिएको छ ।

अर्जेन्टिनासँग ८६ अर्ब ४० करोड ६९ लाख १५ हजार, युक्रेनसँग २४ अर्ब २४ लाख ७४ हजार, युएईसँग २२ अर्ब १९ करोड ६९ लाख ८९ हजार रुपैयाँ, अस्ट्रेलियासँग १७ अर्ब २८ लाख ८५ हजार रुपैयाँ, इन्डोनेसियासँग १३ अर्ब ५६ करोड ५७ लाख ५३ हजार रुपैयाँ, थाइल्यान्डसँग १३ अर्ब २ करोड ४५ लाख ५४ हजार रुपैयाँ, मलेसियासँग १२ अर्ब ५१ करोड ८२ लाख ९ हजार रुपैयाँ रब्राजिलसँग १० अर्ब ५९ करोड ६३ लाख ६३ हजार रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट