काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न सरकारले बनाएको समिति अस्वीकार गरेको छ ।
रास्वपाले भनेको छ, ‘गठबन्धन सरकारले भिजिट भिसा मार्फत हुँदै आएको मानव तस्करी जस्तो संगठित अपराधबारे छानबिन गर्न पुर्व मुख्य सचिव शंकर दास बैरागीको नेतृत्व बनाएको टालटुले समिति अस्वीकार गर्छ।’
रास्वपाले भिजिट भिसा प्रकरणको विरोध गर्दै जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस