२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

उर्लाबारी नगरपालिकाको बजेट १ अर्ब १८ करोड

मंगलवार , आषाढ १०, २०८२

विराटनगर । उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब १८ करोड ४० लाख ५४ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

सोमबार सम्पन्न १४ औँ नगरसभामा उपप्रमुख मिनाकुमारी खतिवडाले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् ।

प्रशासनिक खर्चका लागि १६ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकासमा ३५ करोड ७८ लाख ५ सय, आर्थिक विकासमा ३ करोड ६१ लाख रुपैयाँ, पूर्वाधार विकासमा ४८ करोड ८८ लाख २ हजार रुपैयाँ, वातावरण, विपद् तथा जलवायूमा ६६ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ७७ लाख ५२ हजार, वडा समितिमा ९ करोड, वडा सञ्चालन तथा प्रशासनिक खर्चमा ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटका स्रोततर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ६६ करोड ९० लाख, प्रदेश सरकारबाट ४ करोड ५० लाख ४६ हजार, राजश्व बाँडफाँटबाट १९ करोड ८५ लाख ८ हजार ५ सय, आन्तरिक स्रोतबाट १६ करोड ५० लाख, अन्यसंघ संस्था अनुदानबाट ६५ लाख, जनसहभागिताबाट २ करोड, सार्वजनिक ऋणबाट ८ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा उर्लाबारी नगरपालिकाले १ अर्ब ११ करोड ५८ लाख ८५ हजार ५ सय ९६ रुपैयाँको बजेट प्रस्तुत गरेकोमा ९७ करोड ९८ लाख ८३ हजार १ सय ८९.७ रुपैयाँ आम्दानी भएको विवरण नगरसभामा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट