२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

डडेल्धुराका सातवटै स्थानीय तहको बजेट सार्वजनिक

बुधवार , आषाढ ११, २०८२

अमरगढी (डडेल्धुरा) । डडेल्धुराका सातवटै स्थानीय तहले मङ्गलबार आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् ।

यहाँका पालिकाले विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेका हुन् । सबैभन्दा बढी बजेट परशुराम नगरपालिकाले प्रस्तुत गर्दै रु ८० करोड ४९ लाख ४१ हजार विनियोजन गरेको छ । नगर उपप्रमुख विमलाकुमारी बोहराले १७ औँ नगरसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार क्षेत्र प्राथमिकतामा परेको जानकारी दिइन् ।

अमरगढी नगरपालिकाले रु ५८ करोड २५ लाख ८८ हजार, आलिताल गाउँपालिकाले रु ५३ करोड २७ लाख २० हजार, अजयमेरु गाउँपालिकाले रु ५३ करोड दुई लाख ३८ हजार, गन्यापधुरा गाउँपालिकाले रु ४४ करोड ७४ लाख ५० हजार, भागेश्वर गाउँपालिकाले रु ५२ करोड ५७ लाख र नवदुर्गा गाउँपालिकाले रु ४६ करोड ७६ लाख १९ हजार बराबरको बजेट सार्वजनिक गरेका छन् ।

पालिकाहरुले सङ्घीय, प्रदेश र आन्तरिक स्रोतबाट जुट्ने आम्दानीको अनुमानका आधारमा खर्च विनियोजन गरेका छन् । अधिकांश पालिकाले आधारभूत सेवा, पूर्वाधार सुदृढीकरण, सामाजिक न्याय र समावेशी विकासमा जोड दिने जनाएका छन् । गाउँ तथा नगरसभा अधिवेशनमार्फत प्रस्तुत बजेटमध्ये केही सर्वसम्मत रूपमा पारित भइसकेका छन् भने केही पालिकामा छलफल जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट