२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

लुम्बिनीमा भूटानी बौद्ध विहार निर्माणका लागि नेपाल र भूटान सरकारबीच लिज सम्झौतामा हस्ताक्षर

बुधवार , आषाढ ११, २०८२

काठमाडौं, असार ११ — भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा शाही भूटानी बौद्ध विहार निर्माणका लागि लुम्बिनी विकास कोष, नेपाल र भूटान सरकारको गृह मन्त्रालयबीच आज एक औपचारिक लिज सम्झौतामा हस्ताक्षर गरिएको छ।

काठमाडौंस्थित डुसिट प्रिन्सेस होटलमा आयोजित समारोहमा दुवै पक्षका उच्च अधिकारीहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर सम्पन्न भयो। कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष  डा. ल्हारक्याल लामा (खेन्पो चिमे तेसेरिङ) को नेतृत्व रहेको थियो।

 

सम्झौता अनुसार, भूटानी सरकारद्वारा लुम्बिनी क्षेत्रभित्र शाही भूटानी बौद्ध विहार निर्माण गरिनेछ, जसले बौद्ध पर्यटन प्रवर्द्धन, धार्मिक सहकार्य, तथा नेपाल-भूटानबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा वक्ताहरूले लुम्बिनीलाई विश्व शान्तिको सन्देश प्रवाह गर्ने साझा धरोहरका रूपमा चिनाउँदै, यस प्रकारको अन्तर्राष्ट्रिय सहकार्यले बुद्ध दर्शनको प्रसारमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

यस सम्झौता भूटानी बौद्ध परम्पराको प्रतिनिधित्व गर्ने आधिकारिक संरचना निर्माणको थालनी मात्रै नभई लुम्बिनीको अन्तर्राष्ट्रिय महत्त्वलाई थप सशक्त बनाउने अवसरका रूपमा पनि हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार