२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

हरियाली कायम गर्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ध्यान दिनुपर्छः मन्त्री ठकुरी

शनिवार , आषाढ १४, २०८२

पाटन (ललितपुर) । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरलाई न्यूनीकरणका लागि वृक्षरोपणमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘हरियाली बढाऔँ, हिमाल जोगाऔँ’ भन्ने नाराका साथ राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा वन तथा भू–संरक्षण विभागद्वारा आज गोदावरीमा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले सरकारले वन, वन्यजन्तु र जडीबुटीको संरक्षण गर्दै बताए ।

उनले वनको संरचनामा रहेका कानूनी जटिलतालाई समाधानका लागि पुरानो ऐनलाई समयसापेक्ष संशोधन र परिवर्तनको तयारी भइरहे जानकारी दिए । मन्त्री ठकुरीले सरकारले एक घर दुई रुख अभियान अगाडि बढाउने तयारी गरिरहेको उल्लेख गर्दै वन क्षेत्रमा फलफूलजन्य बोटविरुवा रोपेर मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीनकरण गर्नुपर्नेमा जोड दिए ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले मानिसको जन्मदेखि मृत्युुपर्यन्त रुखको महत्व रहेको भन्दै समृद्धिको लागि बृक्षारोपण आवश्यक भएको बताए ।

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य एवं पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले देशको ४६ प्रतिशत भूगोल वन क्षेत्रबाट जम्मा रु दुई अर्ब आम्दानी लिन नसकेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले बाढिपहिराले क्षतविक्षत बनाएको स्थानमा बृक्षरोपण र पुनःनिर्माणलाई जोड दिँदै बगरमा परिणत भएका मानिसका बस्तीहरुलाई संरक्षण गर्न जोड दिनुपर्ने बताए ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले वनलाई प्रभावकारी रुपमा संरक्षण गर्न र वनबाट उत्पादित सामग्री सहज रुपमा उपयोग गर्न सक्ने गरी वनसम्बन्धी ऐन तथा नियमावलीहरु संशोधन गरिनुपर्नेमा जोड दिए । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले नेपालका एक करोड ६२ लाख उपभोक्ता वनमा आबद्ध भएको बताए । उहाँले देशको अर्थतन्त्रमा सामुदायिक बनको योगदानलाई अभिवृद्धि गर्न जोड दिने बताए ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले शून्य कार्बन उत्सर्जनअन्तर्गत तीन करोड वृक्षरोपणलाई जोड दिँदै ७७ जिल्लामा रहेका ८४ वटा डिभिजन वन कार्यालयमार्फत निःशुल्क बिरुवा वितरण हुने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ