२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

पार्टी विचलनमा गयो, दुर्घटनाबाट जोगाउन यथास्थितिबाट आदर्शतिर फर्कियौँ : अध्यक्ष प्रचण्ड

शनिवार , आषाढ १४, २०८२

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई दुर्घटनाबाट जोगाउन यथास्थितिबाट आदर्शतिर फर्काएको बताएका छन् ।

माओवादी केन्द्र मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको पार्टीका केन्द्रीय सल्लाहकार स्व कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा उनले पार्टीलाई फेरि एकपटक समाजवादको यात्रामा अगाडि बढाएको बताएका हुन् ।

अध्यक्ष दाहालले भने, “पार्टीमा निकै ठूलो दुर्घटना हुनसक्छ भनेर नै पार्टीलाई यथास्थितिबाट फेरि आदर्श, समर्पण, वर्ग सङ्घर्ष र समुदायतर्फ फर्काउने सङ्कल्प पार्टीको केन्द्रीय समितिको बैठकबाट गर्यौँ । पार्टीलाई एकपटक समाजवादको यात्राको नेतृत्व गर्ने पार्टीका रुपमा अगाडि बढाउने सङ्कल्प र प्रतिबद्धता गरेका छौँ ।”

उनले भने, “कम्युनिष्ट पार्टी स्थापना गर्दा जुनआदर्श, समर्पण भावको साथ त्याग र तपास्याद्वारा जनताको सेवा गर्ने, जनतामा सेवाभाव तथा वर्ग मुक्तिका लागि आफूलाई सम्पूर्ण रुपमा समर्पण गर्ने प्रतिबद्धता गथ्र्यौ, जनक्रान्ति, जनयुद्ध, जनआन्दोलनमा यसप्रकारको समर्पण प्रकट गथ्र्यौ, तर त्यो समर्पणमा खडेरी पर्यो ।”

पार्टीमा अवसरका निम्ति, स्वार्थका निम्ति, व्यक्तिका तछाडमछाड गरेको बताउदै उनले पार्टीमा राजनीतिक मुद्दा, वर्ग, समुदायप्रति जति नजिकको सम्बन्ध र उनीहरुको मुक्तिका लागि जति हुनुपथ्र्यो, त्यो हुन नसकेको उनको भनाइ थियो ।

अहिलेकै अवस्था रहेमा कम्युनिष्ट भविश्य र आन्दोलनमा देखेको सपना पूरा हुन सक्दैन भन्ने ठहर गर्दै पार्टी फेरि एकपटक आफ्नो सिद्धान्त, वर्ग, आदर्शतिर समुदायको सम्बन्धलाई घनिष्ट र सुमधुर बनाउने लक्ष्यका साथ अगाडि बढेको उनले बताए ।

उनले सहिद, बेपत्ता, घाइते, जेलनेल भोगेकाहरुसँगको सम्बन्ध कायम गर्दै उनीहरुको पीडा सुन्ने र पार्टीले के गर्नसक्छ के राहत दिनसक्छ भनेर सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताए ।

पार्टीले चलाएको नयाँ रुपान्तरको सङ्कल्प र त्यसका लागि चलाएको अभियानलाई कार्यकर्ताले गहिरो रुपमा बुझ्नु जरुरी रहेको बताउँदै उनले समाजवादी क्रान्तिको तयारीमा अगाडि बढेको बताए ।

कार्यक्रममा अध्यक्ष दाहालले स्व कष्णलाल गोजा श्रेष्ठको निधनले निष्ठावान् अभिभावकको अवसान भएको महसुस भइरहेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय नेताहरुले स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीले उनले क्रान्तिमा पु¥याएको योगदानको कदर गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ