काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा आएको घोषणा गरेकी छन् ।
मदन जयन्तीका अवसरमा भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमालेको एक सदस्यको रुपमा पुनः जोडिएको घोषणा गरेकी हुन् ।
उनले देश र जनताको सेवा गर्ने उद्देश्यले आफूले पार्टीको सदस्यता नवीकरण गरिसकेको जनाइन् ।
उनले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन ।’
प्रतिक्रिया दिनुहोस