logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ओली नेतृत्वको सरकार ढाल्ने प्रचण्डको लागि अन्तर्राष्ट्रिय दायित्व : सिपी मैनाली (भिडियो अन्तर्वार्ता)

    ओली नेतृत्वको सरकार ढाल्ने प्रचण्डको लागि अन्तर्राष्ट्रिय दायित्व : सिपी मैनाली (भिडियो अन्तर्वार्ता)

    6.2K
    Shares

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिव सिपी मैनालीले ओली नेतृत्वको सरकार ढाल्ने प्रचण्डको अन्तराष्ट्रिय दायित्व भएको दावी गरेका छन् ।

    उनले भनेका छन्, ‘ओली सरकार ढाल्ने प्रचण्डको अन्तराष्ट्रिय दायित्व हो, उनी कम्फरटेबल सरकार बनाउन चाहन्छन्, आफ्ना बोसहरुका निम्ती ।’ केही समय अगाडि प्रचण्डले एक अन्तर्वार्तामा आफूहरुले बनाएको सरकार भारतका लागि कम्फर्टेबल हुने बताएका थिए । 

    सुनौलो नेपालसँगको अन्तर्वार्तामा नेता मैनालीले पहिलेदेखि नै भारतका निम्ती काम गरेका प्रचण्ड र माधव नेपाललाई प्रयोग गरेर केपी ओलीलाई हटाउने पक्षमा भारत लागेको दावी पनि गरेका छन् । 

    उनले ठूला राजनीतिक दलका नेताहरु आफैँ लडिरहेको नभई बाह्य शक्तिले लडाइएकोले नेपाली जनतालाई भ्रममा नपर्न पनि आग्रह गरे ।
    प्रचण्ड लगायतका नेताहरु नेपालको राष्ट्रियता र सार्वभौमिकतालाई बिक्री गर्न पनि पछि नपर्ने व्यक्तिहरु भएको उनको भनाई छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend