काठमाडौं । कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशन एवं चुनावी सभा २०८२ बाट राजेन्द्र लुइटेल (राज) केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् ।
देशभरका कार्यक्रम आयोजक एवं इभेन्ट व्यवस्थापकहरुको छाता संगठन कार्यक्रम व्यवस्थापन संघको आगामी दुई वर्षे कार्यकालका लागि लुइटेलको नेतृत्वमा १३ नयाँ कार्यसमिति निर्वाचित भएका हुन् ।
राजधानीको लाजिम्पाट बुटिक होटलमा सम्पन्न उक्त अधिवेशनबाट उपाध्यक्षमा तृष्णा गुरुङ्ग, उपाध्यक्षमा समिर लामा, महासचिवमा सोनीतराज ढुंगेल,सचिवमा विपिन पोखेरल, कोषाध्यक्षमा मनोज थापा, सहसचिवमा भागिरथ कुमार पोखरेल, सहकोषाध्यक्षमा सपना राई तथा कार्यसमिति सदस्यहरुमा सुभाष श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहूल बन्जाडे, पूजा रेग्मि र लोमस कार्की निर्वाचित भएका हुन् ।
निर्वाचनका लागि संघका सल्लाहकार एवं वरिष्ठ गायक सीताराम कोइराला, वरिष्ठ पत्रकार विएम आचार्य तथा अधिवक्ता केशव पोखरेल निर्वाचन अधिकृत रहेका थिए ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीहरुलाई नेपाल आर्मीका उपरथी एवं फाईनान्स प्रमुख राजन अधिकारी, वरिष्ठ चिकित्सक डा. अर्पणा शाह, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक टेक बहादुर तामाङ्ग, संघका सल्लाहकार एवं वरिष्ठ गायक सीताराम पोखरेल, राजा राव विक्रम सिंह, वरिष्ठ चिकित्सक सुशिल जंग शाह तथा नेपाल पुस्तकालय संघका अध्यक्ष राजेन्द्र पाण्डेले प्रमाण पत्र सहित बधाई दिएका थिए ।
अधिवेशन तथा चुनावी सभालाई पर्येवक्षकको रुपमा रहेका चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष शिवहरी नेपाल वैरागी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव बैकुण्ठ राज पराजुली, चलचित्र पत्रकार महासंघका अध्यक्ष समिर बलामी, नृत्य निर्देशक संघका अध्यक्ष भुवन श्रेष्ठ, नेपाल नृत्य संघका अध्यक्ष महेश गोदार, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाई, संगीतकार संघका अध्यक्ष अष्ट लामा, म्यूजिक भिडियो कलाकार संघका वरिष्ठ उपाध्यक्ष शिवन पोखरेल, वरिष्ठ उद्योगी कमल प्रसाद ढकाल, होटल व्यवसायी एवं वरिष्ठ समाजसेवी शोभा गुरुङ्ग, अटो व्यवसायी रिता आचार्य लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
देशभरका १२० भन्दा बढि ईभेन्ट आयोजक तथा कम्पनीहरुको सहभागिता रहेको सोही महाधिवेशनबाट तीन जनालाई सल्लाहकार चयन गरिएको थियो । वरिष्ठ चिकित्सक एवं गीतकार डा।भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा टिचिङ्ग अस्पतालका प्राध्यापक एवं लायन्स क्लबका पूर्व गर्भनर डा।सुशिला मल्ललाई सल्लाहकारको प्रमाण पत्र प्रदान गरिएको थियो ।
सोही समारोहमा संघका निवर्तमान अध्यक्ष लव बहादुर कार्कीलाई संरक्षकको रुपमा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण विएम आचार्यले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस