२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

रसुुवाको बाढीमा तीन प्रहरीसहित १५ जना बेपत्ता

मंगलवार , आषाढ २४, २०८२

रसुवा । रसुवाको बाढीमा १५ जना बेपत्ता भएका छन्। गएराति ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीमा परी ३ जना प्रहरीसहित १५ जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए। ६ जना नेपाली कामदार, २ जना नेपाली ड्राइभर, चार जना चिनियाँ कामदार, तीन जना नेपाल प्रहरीसहित १५ जना बेपत्ता भएका छन् उनले भने। मितेरी पुल सबै लग्यो। नेपाल चीन सम्पर्क बिच्छेद भएको छ, उनले भने।

उनले रसुवागढी भन्सार कार्यालयका यार्डमा राखिएका कति नयाँ इभी गाडी र मालबाहक कन्टेनर बगाएको भन्ने विस्तृत जानकारी आइसकेको छैन। त्यसको विवरण संकलन भइरहेको उनले बताए।

भोटेकोशीमा मंगलबार बिहान आएको भीषण बाढीले रसुवागढी नाकामा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । त्यस्तै सुख्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी(ईभी)हरू पनि बाढीले बगाएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीले ठूलो क्षति पुर्‍याएको जानकारी दिए । उनले भने, चीनतर्फबाट आएको बाढीले ठूलो क्षति पुगेको छ । मितेरी पुल बगाएको छ । ड्राइपोर्टमा रहेका ईभी पनि बगाएको छ । उनले भर्खरै बाढीमा फसेका व्यक्तिहरूको उद्धार गरिएको बताए । उनले भने, उद्धारका लागि गएका केही सुरक्षाकर्मी पनि फस्नु भएको थियो । उहाँहरूको रेस्क्यु भएको छ ।

तल्लो बेल्टका स्थानीयलाई सुरक्षित स्थानमा सर्न भनिएको पनि उनले बताए । उनले भने, केही मानिस गाडीमै रहेको आशंका गरिएको छ । यद्यपि पुष्टि भएको छैन । गाडीमा रहेकालाई बाढीले बगायो कि भन्ने आशंका छ । क्षति ठूलो भए पनि तथ्यांक आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ । उद्धारका लागि सेनाको हेलिकप्टर बोलाइसकिएको पनि उनले बताए । मौसमले साथ नदिँदा हेलिकप्टर आउन ढिला भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट