२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

वर्षा र बाढीको वितण्डा : गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । वर्षा र बाढीका कारण मुलुकका विभिन्न जिल्लामा विपदबाट क्षति पुगेपछि गृहमन्त्रालयले आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ ।

रसुवामा बाढीका कारण नागरिक सम्पर्कविहीन हुनाका साथै धनमालको क्षति भएको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले दिउँसो मन्त्रालयमा उद्धार, खोज तथा राहत पुनः स्थापना विषय छलफल गर्नका लागि आकस्मिक केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।

भोटेकोसी नदीमा आएको बाढीले रसुवामा ठूलो क्षति पुगेको छ । त्यसैगरी, गृहमन्त्रालयले आज बिहान त्रिशूली नदीमा आएको बाढीमा फसेका दुईजनाको उद्धार गरेको जनाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट