२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

बाढी र पहिरोमा परेकाको उद्धारमा तीव्रता दिन उपसभामुख रानाको आग्रह

मंगलवार , आषाढ २४, २०८२

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले बाढी र पहिरोमा परेका व्यक्तिको उद्धार र राहत सामग्री वितरणका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग आग्रह गरेकी छन् ।

नेपाल र चीनको सिमानामा पर्ने रसुवाको टिमुरेलगायत क्षेत्रमा भोटेकोसी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएकामा आज सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै उनले उद्धार र राहतमा लाग्न सरकारसँग आग्रह गरेकी हुन् ।

उपसभामुख रानाले भनेकी छन्, “बाढीले पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपद्को विषम परिस्थितिमा उद्धार र राहत कार्यका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न साथै उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, सङ्घसंस्था र नागरिकलाई अपिल पनि गर्दछु ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट