काठमाडौं । मिड भ्याली कलेज सूर्यविनायक नगरपालिका–४, नयाँठिमी, भक्तपुरमा अवस्थित एक उत्कृष्ट र नविन शैक्षिक संस्था हो, जहाँ विद्यार्थीले घरको जस्तै सुरक्षित, शान्त र सिर्जनात्मक वातावरणमा सिक्ने अवसर प्राप्त गर्दछन्।
अनुभवी र दक्ष शिक्षकहरूको समूहद्वारा विगत एक वर्षदेखि सञ्चालित यस कलेजमा विज्ञान, व्यवस्थापन र कानूनी संकायमा अध्ययन गराइन्छ । ‘विद्यार्थीहरूले ठूला सपना देखून्, त्यस सपनाप्रति अनुशासनका साथ समर्पित भएर लागून्’ भन्ने मूल मन्त्रकासाथ ‘ड्रिम, डिसिप्लेन र डेडिकेशन’ लाई यस कलेजले आफ्नो फिलोसफीका रुपमा अगाडि बढाएको छ ।

यस कलेजमा बिहान र दिउँसो दुई सत्रमा कक्षा सञ्चालन हुने व्यवस्था छ। कलेजले विद्यार्थीहरूलाई सैद्धान्तिक, व्यवहारिक, प्रयोगात्मक र सीपमूलक शिक्षा दिँदै आएको छ।
[caption id="attachment_371123" align="alignnone" width="1600"]
गोविन्द वल्लभ जोशी, प्रधानाध्यापक[/caption]
कलेजका प्रधानाध्यापक गोविन्द वल्लभ जोशीले केवल एक वर्षको छोटो अवधिमा नै विद्यालयप्रति अभिभावक, विद्यार्थी तथा समुदायले देखाएको विश्वासप्रति आभार प्रकट गरेका छन् । अहिले एसइईको नतिजापछि उपयुक्त कलेजको खोजीमा रहेका विद्यार्थी तथा अभिभावकहरूलाई एक पटक मिड भ्याली कलेज भ्रमण गर्न समेत उनले आग्रह गरेका छन्।
कलेजले क्रियाकलापमा आधारित शिक्षण विधिलाई प्राथमिकता दिएको छ । जसका लागि विज्ञान प्रयोगशाला, पुस्तकालय र प्रविधि–सज्जित कक्षामा अध्यापन गराइन्छ भने विद्यार्थीहरुले कलेजकै प्राङ्गणमा विभिन्न खेलहरु पनि खेल्न पाउनेछन् ।
[caption id="attachment_371124" align="alignnone" width="1600"]
मुकुन्द ढुंगाना, सह–प्रधानाध्यापक[/caption]
विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि कलेजमा विभिन्न क्लबहरू गठन गरिएको छ, जसको नेतृत्व स्वयम् विद्यार्थीहरूले लिने गरेका छन्। यस्ता गतिविधिहरूबाट नेतृत्व विकास, निर्णय क्षमता अभिवृद्धि, र सामाजिक सीपको विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउँछन् यस कलेजका सह–प्रधानाध्यापक मुकुन्द ढुंगाना । उनका अनुसार कक्षा १२ पछि के गर्ने ? भन्ने महत्वपूर्ण निर्णयमा सहयोग पुर्याउन कलेजले करिअर काउन्सिलिङ सेवा पनि नियमित रूपमा सञ्चालन गर्दै आएको छ।
एसइई उत्तीर्ण गरी उपयुक्त कलेजको खोजीमा रहेका विद्यार्थी तथा अभिभावकहरूलाई एकपटक मिड भ्याली कलेज भिजिट गर्नका लागि सह–प्रधानाध्यापक ढुंगानाले सादर अनुरोध गर्दछन् ।

त्यस्तै, कलेजका साइन्स प्रोग्राम को-अडिनेटर प्रमोद पाण्डेले आफ्ना छोराछोरीलाई कुन विषय पढाउने भन्ने दुविधामा भएका अभिभावकहरुलाई त्यसको समाधान मिड भ्याली कलेजले गर्ने बताएका छन् । दुविधामा भएका अभिभावक र विद्यार्थीहरुलाई कलेजले काउन्सिलिङ गर्ने उनको भनाइ छ । उत्कृष्ट वातावरण, सुविधा र प्रविधिको प्रयोगमा अध्ययन गर्न चाहनेहरुले एक पटक मिड भ्याली कलेज भिजिट गर्दा उचित हुने उनी बताउँछन् ।
के भन्छन् यहाँ अध्ययनरत विद्यार्थी
मिड भ्याली कलेजमा अध्ययनरत सिनियर विद्यार्थीहरुले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेज भिजिट गराउने क्रियाकलापले आफ्नो मन जितेको बताउँछिन् निस्ता लिबी । कलेजको वातावरण उत्कृष्ट रहेको उनको प्रतिक्रिया छ ।
यसै कलेजमा अध्ययनरत अनुकरण गैरे ठूलो र महंगो कलेज भन्दा पनि अनुभवी शिक्षकहरुले अध्यापन गराउने कलेज छान्न सक्नुपर्ने बताउँछन् । यसका लागि मिड भ्याली कलेज उपयुक्त रहेको उनको भनाइ छ । कलेजमा उपलब्ध भएको सेमिनार हल उनको निकै मनपर्ने स्थान हो ।

कक्षा १२ मा अध्ययनरत आकृति अधिकारी भन्छिन्, ‘कलेज पहिलो पटक भिजिट गर्दा नै मन पर्यो र अन्य कलेज भिजिट गर्नै मन लागेन । पहिलो भिजिटमा नै मैले यहाँ अध्ययन गर्ने निर्णय गरेकी थिएँ ।’ उनलाई अध्ययनबाहेक कलेजमा उपलब्ध फुटसल निकै आकर्षक लाग्छ । साथै, अनुभवी शिक्षकहरुको पढाउने, बुझाउन शैलीले अध्ययनमा थप रुची बढ्ने उनी बताउँछिन् ।
मिड भ्याली कलेज केवल शैक्षिक संस्था मात्र नभई विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा समर्पित एक उत्प्रेरक केन्द्र हो। अनुभवी शिक्षकहरूद्वारा प्रदान गरिने गुणस्तरीय शिक्षासँगै व्यवहारिक, प्रयोगात्मक, र क्रियाकलापमा आधारित शिक्षण विधिको प्रभावकारी प्रयोगले यहाँ अध्ययन गर्ने विद्यार्थीहरू भविष्यप्रति आशावादी, सक्षम र आत्मविश्वासी बन्दै गएका छन्।

'ड्रिम, डिसिप्लिन र डेडिकेशन' भन्ने मूलमन्त्रमा आधारित यस कलेजले विद्यार्थीहरूलाई लक्ष्यप्रति समर्पित भएर अगाडि बढ्न उत्प्रेरित गर्छ।
यदि तपाईं उत्कृष्ट शैक्षिक वातावरण, अनुभवी शैक्षिक टीम, र समर्पित नेतृत्वयुक्त कलेजको खोजीमा हुनुहुन्छ भने, मिड भ्याली कलेज तपाईंका लागि उपयुक्त गन्तव्य बन्न सक्छ।
प्रतिक्रिया दिनुहोस