२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

प्रज्ञा प्रतिष्ठानमा ‘राष्ट्रिय युवा महोत्सव’ सुरू, उद्योगी चन्द्र ढकालदेखि अभिनेत्री सुरक्षा पन्तसम्मले अनुभव सुनाउँदै

शनिवार , आषाढ २८, २०८२

काठमाडौं। युवा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रर्वद्धन गर्ने उद्देश्यले आज प्रज्ञा प्रतिष्ठान कमलादीमा राष्ट्रिय युवा महोत्सवको आयोजना गरिएको छ ।

मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), सुनौलो नेपाल, परिवर्तनका लागि युवा (युथ फर चेन्ज), वाइइडी टक्स र इन डेप्थ स्टोरी (आइडिएस) को संयुक्त आयोजनामा सो महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा समाजसेवी अनुराधा कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवाली, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट, अभिनेत्री सुरक्षा पन्त, आध्यात्मिक शिक्षक रुपेश्वर गौर दास र उद्यमी शोभनवीर मालकारलगायत प्रमुख वक्ताहरु उपस्थित भइसकेका छन् ।

वक्ताहरूले आफ्ना जीवनका अनुभव र भोगाइलाई समेट्दै आफ्नै देशमा अवसरहरू निर्माण गर्न सकिन्छ भन्ने विषयमा धारणा राख्नेछन् ।

विद्यालय शिक्षा ‘कक्षा १२’ बाट उच्च शिक्षाको यात्रा सुरु गर्न नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरूका लागि लक्षित गरी आयोजना गरिएको यो कार्यक्रम पूर्णतः निःशुल्क छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट