logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेकपा भित्रकै मानिसहरुले देश विकाश गर्न दिएनन् : चित्रबहादुर केसी (भिडियोसहित)

    नेकपा भित्रकै मानिसहरुले देश विकाश गर्न दिएनन् : चित्रबहादुर केसी (भिडियोसहित)

    4.4K
    Shares

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश दिशाबिहीन बनेको भन्दै नेकपा भित्रकै मानिसहरुले देश विकाश गर्न नदिएको आरोप लगाएका छन् । 

    रिपोटर्स क्लबको २३औँ वार्षिकउत्सव समारोहमा सम्बोधन गर्दै नेता केसीले भने, ‘नेकपा भित्रकै मानिसहरुले देश विकास गर्न दिएनन् । नेकपा मात्रैको हो यो देश, अरु पार्टी छैनन् देशमा ?अरुले सरकार चलाउन मिल्दैन ?’

    देशमा अराजकता, अस्थिरता सृजना भएको बेलामा शक्ति राष्ट्रहरुले आ–आफ्नो गोटी चालिराखेको चिन्ता व्यक्त गर्दै नेता केसीले देशलाई अभिभावक र सरकारबिहीन बनाउने कसैलाई अधिकार नभएको बताएका हुन् । 

    संसदलाई बिजनेश नदिनुको अर्थ फेरि पनि नेपाली जनतलाई चुनावमा लानु भएको बताउँदै फेरि चुनिएर आउने ‘दूधले नुहाए’का कोही पनि व्यक्ति नभएको उनको भनाई थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend