२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

कञ्चनपुरमा छाउगोठ नभत्काए १० हजार जरिवाना

आइतवार , आषाढ २९, २०८२

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउगोठ नभत्काए रु १० हजार जरिवाना गर्ने भएको छ । नगरपालिकाले पन्ध्र दिनभित्र छाउगोठ भत्काउन आज सूचना जारी गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले भने, –“सबै वडा कार्यालयलाई वडामा छाउगोठ निरीक्षण गरी पन्ध्र दिनभित्र भत्काउन भनेका छौँ ।”

शनिबार वडा नम्बर–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर मृत्यु भएपछि नगरपालिकाले उक्त निर्णय गरेको हो ।

पक्की घर हुँदाहुँदै आउजी देउता रिसाउने अन्धविश्वासले घरको छेउमै बनाइएको छाउगोठमा बस्दै आएकी थिइन् । कृष्णपुर–१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतलले भने–“धेरै छाउगोठ त हामीले भत्कायौँ, त्यो बेला अनेकौँ गाली खायौँ, झगडासमेत भयो । हामीले भत्काएर आएपछि पुनःछाउगोठ बनाइहाले ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट