२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

गोदावरीको चुरे भीरबाट टेम्पु गुल्टाइएको भिडियो भाइरल भएपछि वन कार्यालयले दियो स्पष्टीकरण

आइतवार , जेठ ३१, २०८३

धनगढी । डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पु भीरबाट खसालेको भन्ने सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा दाबी गरिएजस्तो उक्त टेम्पु गुड्ने अवस्थामा रहेको सवारी साधन नभई वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालन गर्न प्रयोग गरिएको कवाडी संरचना मात्र रहेको स्पष्ट पारेको छ।

विज्ञप्तिअनुसार गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे क्षेत्र संवेदनशील वातावरणीय क्षेत्र हो। त्यहाँ लामो समयदेखि अवैध रूपमा छाप्रा निर्माण गरी सरकारी जमिन कब्जा गर्ने तथा किनबेच गर्ने गतिविधि हुँदै आएको थियो। पछिल्लो पाँच महिनायता पुनः अवैध संरचना निर्माण गरिएपछि वन कार्यालयले अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको जनाएको छ।

वन कार्यालयका अनुसार घनश्याम धामीले चक्का र इन्जिनसमेत नभएको, धकेल्नसमेत कठिन हुने फलामे अस्थिपञ्जरलाई पसलको टहराका रूपमा प्रयोग गरेका थिए। एक महिनाअघि नै उक्त संरचना हटाउन निर्देशन दिइएको भए पनि उनले अटेर गर्दै आएको कार्यालयको भनाइ छ।

कार्यालयले यसअघि उक्त संरचना हटाएर धामीको घरसम्म पुर्‍याइदिएको भए पनि पुनः सोही स्थानमा ल्याएर पसल सञ्चालन गरिएको र हटाउन खोज्दा अवरोध तथा गालीगलौज भएको उल्लेख गरेको छ।

शुक्रबार अतिक्रमण हटाउने क्रममा गुड्न नसक्ने उक्त कवाडी संरचनालाई पन्छाउने प्रयास गर्दा भिरालो भू–भागका कारण असन्तुलित भई भीरबाट खस्न पुगेको वन कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालय कैलालीले वन संरक्षणसम्बन्धी कानुनी कारबाहीलाई अतिरञ्जित र भ्रामक रूपमा प्रचार नगर्न तथा सत्यतथ्य बुझेर मात्रै प्रतिक्रिया दिन आम नागरिकसँग आग्रह गरेको छ।

111_yWZppgWDZw.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट