२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

असारका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक : औसत निक्षेप ब्याजदर घट्यो, कुन बैंकको कति ?

आइतवार , जेठ ३१, २०८३

काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । जेठ महिनाको तुलनामा असारमा व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदरमा सामान्य गिरावट आएको छ ।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.३४ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा कायम भएको छ।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । जेठमा ३.२० प्रतिशत रहेको यस्तो ब्याजदर असारमा ३.१८ प्रतिशतमा झरेको हो ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरूमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक र एनएमबी बैंक रहेका छन् ।

बाँकी १३ वाणिज्य बैंकले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

कुन बैंकको ब्याजदर कति ?  

byajdar_asar.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट