२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या

सोमवार , आषाढ ३०, २०८२

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका– ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा गोलीको एउटा खोका फेला परेको छ । घटनापछि मिया फरार छन् । फरार भएका मियाको खोजी भइरहेको तिम्सिनाले जानकारी दिए ।

गोली प्रहारको कारण खुलिनसकेको तिम्सिनाले जानकारी दिए । घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट