२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल र बहुउद्देश्यीय कभर्डहल निर्माणले पाउने भयो गति

शुक्रवार , आषाढ ५, २०८३

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा कञ्चनपुरको खेलकुद विकास एवं विस्तारका लागि बजेट विनियोजन गरेको छ । यहाँको मिनी स्टेडियम निर्माणदेखि कवर्डहल परिसरमा इन्डोर क्रिकेट हल निर्माणसम्मका लागि आगामी आवमा बजेट विनियोजन भएको हो ।  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा खेलकुद मिनी स्टेडियम निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ । त्यसैगरी  दोधारा चाँदनी–८ मा फुटसल स्टेडियम निर्माणका लागि रु ३० लाख ४० हजार विनियोजन गरिएको छ ।

बेदकाट नगरपालिका–१ मा गौँडी खेल मैदान निर्माणका लागि रु ३८ लाख, शुक्लाफाँटा नगरपालिका–१० मा बाल व्यायमशाला निर्माणका लागि रु सात लाख ६० हजार विनियोजन गरिएको बजेटमा उल्लेख छ । त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरस्थित ब्याडमिन्टन, फुटबल, कबड्डी, बक्सिङ, कराते क्रिकेटका लागि पनि बजेट विनियोजन गरिएको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले बताए ।

उनका अनुसार प्रदेश सरकारले जिल्ला ब्याडमिन्टन सङ्घ सामग्री खरिदका लागि रु सात लाख ६० हजार, बक्सिङ हल मर्मतसम्भारमा रु सात लाख ६० हजार, कुस्ती प्रशिक्षण केन्द्रलाई रु तीन लाख ८० हजार, कबड्डी सङ्घको प्रशिक्षण हल मर्मतसम्भार रु १५ लाख २० हजार र कञ्चनपुर फुटबल सङ्घको भवन निर्माणमा रु ५३ लाख २० हजार विनियोजन गरेको छ । त्यसैगरी महेन्द्रनगरमा क्रिकेट इन्डोर हल निर्माण रु १९ लाख, भीमदत्त नगरपालिका–९ रिडौना खेल मैदानमारु ७ लाख ६० हजार खेलमैदानको पर्खाल निर्माणमा रु ११ लाख ४० हजार विनियोजन गरिएको छ ।

भीमदत्त नगरपालिका–३ मा कराते तालिम हल निर्माणका लागि रु २२ लाख ८० हजार, बेदकोट नगरपालिका-१० चतहरीमा रहेको अधुरो ब्याडमिन्टन हल निर्माणका लागि रु १९ लाख, कृष्णपुर नगरपालिका–५ पुरानो पञ्चायत खेल मैदानका लागिका लागि रु १९ लाख, सयपत्री खेलमैदान स्तरोन्नतिका लागि रु १९ लाख विनियोजन गरिएको छ । 

दोधारा चाँदनी–७ मा खुला व्यायमशाला निर्माणका लागि रु सात लाख, चाँदनी क्रिकेट मैदान निर्माण एवं खेल सामाग्री खरिदका लागि रु ११ लाख ४० हजार, बेलौरी खुल्ला व्यायमशालाको सामग्री खरिदका लागि रु सात लाख ६० हजार र कृष्णपुर–८ मा राजघाट क्रिकेट मैदान मैदान स्तरोन्नति गर्न रु ११ लाख ४० हजार रकम प्रदेश सरकारबाट विनियोजन भएको जिल्ला खेलकुद समितिका प्रमुख भट्टले जानकारी दिए ।

आगामी आर्थिक वर्ष महेन्द्रनगरस्थित कवर्डहल परिसरमा निर्माणाधीन क्रिकेट मैदानका लागि सङ्घीय सरकारबाट भने रु तीन करोड रकम विनियोजन भएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले जानकारी दिए । सुदूरपश्चिम प्रदेश सरकारको चालु वर्षको बजेटमा महेन्द्रनगरस्थित कवर्डहल परिसरमा रहेको बक्सिङ हल मर्मत, हक्की खेल मैदान निर्माण, क्रिकेट मैदानमा माटो भरान, हुस्ती सङ्घको हल निर्माण भइरहेको छ भने यहाँ ४०० मिटर एथ्लेटिक्स ट्रयाक निर्माणको पनि गृहकार्य भइसकेको छ ।

जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले यहाँ निर्माणाधीन बहुउद्देश्यीय कवर्डहल हलका लागि पनि प्रदेश सरकारबाट थप बजेट विनियोजन भएको बताए । “बहुउद्देश्यीय हलका लागि रु एक करोड ५० लाख विनियोजन भएको छ”, उनले भने, “अब प्रदेश सामाजिक विकास मन्त्रालयले बजेट कार्यान्वयनमा पनि तदारुपता देखाउनुपर्छ । सरोकार भएका निकायलाई सक्रिय बनाउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट