गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी भएका थिए। नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थी परीक्षामा सहभागी भएको बोर्डको तथ्यांक छ।
काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) को नतिजा सार्वजनिक गरेको छ। परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा प्रकाशन गर्दै बोर्डले यस वर्ष छिटो नतिजा निकाल्न सफल भएको जनाएको छ।
गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी भएका थिए। नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थी परीक्षामा सहभागी भएको बोर्डको तथ्यांक छ।
नियमित परीक्षार्थीमध्ये १ लाख ७२ हजार १२ जना छात्र, १ लाख ६० हजार १३७ जना छात्रा तथा २९० जना अन्य समूहका विद्यार्थी रहेका थिए।
यस वर्ष परीक्षा सञ्चालनका लागि देशभर १ हजार ४२० तथा जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो। केन्द्र संख्याका हिसाबले काठमाडौंमा सबैभन्दा बढी १६१ केन्द्र रहेका थिए भने मनाङ र मुस्ताङमा एक–एक वटा मात्रै परीक्षा केन्द्र तोकिएको थियो।
बोर्डले नतिजासँगै विद्यार्थीलाई आफ्नो नतिजा अनलाइन तथा एसएमएसमार्फत हेर्न सकिने व्यवस्था मिलाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस