काठमाडौं । नेपाली उद्यमशीलता, सामाजिक उत्तरदायित्व र व्यावसायिक उत्कृष्टताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक तारालाल धरेल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित भएका छन् ।
कर्पोरेट मिडिया ग्रुपद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘ईश्वरलाल १८औँ कर्पोरेट बिजनेस अवार्ड २०२६’ को भव्य समारोहमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले धरेललाई उक्त अवार्ड प्रदान गरे ।
व्यावसायिक निष्ठा, उत्कृष्ट नेतृत्व क्षमता, ग्राहकप्रति समर्पित सेवा भावना तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाहले जानकारी दिए।
प्रेरणादायी युवा उद्यमी :
धादिङमा जन्मिएर काठमाडौंलाई आफ्नो कर्मभूमि बनाएका तारालाल धरेल मेहनत, लगनशीलता र दूरदर्शी सोचका कारण आज सफल युवा व्यवसायीका रूपमा स्थापित हुन सफल भएका छन् । फर्निचर तथा इन्टेरियर क्षेत्रको अग्रणी संस्थामध्ये एक सोफा हब काठमाडौंलाई नयाँ उचाइमा पुर्याउन उनको नेतृत्व महत्वपूर्ण रहेको छ।
व्यवसायिक सफलतासँगै धरेल सामाजिक सेवा, सहकारी अभियान, पर्यटन प्रवर्द्धन तथा विभिन्न सामाजिक संघसंस्थामार्फत समुदायको विकासमा सक्रिय रहँदै आएका छन् । उनी एक कुशल व्यवस्थापक, प्रखर वक्ता, समाजसेवी तथा युवा उद्यमशीलताको प्रेरणादायी पात्रका रूपमा परिचित छन् ।
योगदानको सम्मान
लामो समयदेखि आर्थिक समृद्धि, रोजगारी सिर्जना, सामाजिक उत्तरदायित्व र उद्यमशीलताको विकासमा निरन्तर योगदान दिँदै आएका धरेललाई प्रदान गरिएको यो सम्मानले उनको व्यक्तिगत उपलब्धिलाई मात्र नभई नेपाली निजी क्षेत्रको सकारात्मक भूमिका र उद्यमशीलताको सफल यात्रालाई समेत उजागर गरेको छ।
अवार्ड प्राप्तिपछि धरेलले उक्त सम्मानलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि ग्राहक, सहकर्मी, शुभेच्छुक तथा सम्पूर्ण सहयोगीहरूको विश्वास रसाथको प्रतिफल भएको बताउँदै आगामी दिनमा अझ जिम्मेवार भएर व्यवसाय र समाजसेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस