रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘पी थ्री अल्ट्रा फाइभजी र पी थ्री फाइभजी’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ सिरिजले उच्च प्रदर्शन, आकर्षक डिजाइन तथा नयाँ एआई अनुभव उपभोक्तामाझ ल्याउनेछ ।
नयाँ रियलमी पी थ्री अल्ट्रा फाइभजीमा डाइमेन्सिटी ८३५० अल्ट्रा चिपसेट समावेश गरिएको छ । यसमा ६००० एमएएच टाइटन ब्याट्री तथा ८० वाट अल्ट्रा चार्ज प्रविधि उपलब्ध रहेको छ । यसमा १.५ के क्वाड–कर्भ्ड एमोलेड डिस्प्ले तथा ओआईएससहितको सोनी ५० मेगापिक्सेल एआई क्यामेरा जडान गरिएको छ । रियलमी पी थ्री अल्ट्रा फाइभजी (१२ जिबी + २५६ जिबी) ग्लोइङ लुनार ह्वाइट र नेप्च्युन ब्लु रङमा रू. ६५ हजार ९९९ मा उपलब्ध हुनेछ ।
त्यसैगरी, रियलमीले पी थ्री फाइभजी पनि सार्वजनिक गरेको छ । यस स्मार्टफोनमा ६००० एमएएच टाइटन ब्याट्री, ४५ वाट फास्ट चार्ज, एरोस्पेस कुलिङ प्रणाली तथा १२० हर्ज एमोलेड ई–स्पोट्र्स डिस्प्ले उपलब्ध छ । रियलमी पी थ्री फाइभजी (८ जिबी + २५६ जिबी) स्टारलाइट ग्रीन र कोमेट ग्रे रङमा रू. ४४ हजार ९९९ मा उपलब्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस