२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

मनसुन सुरु हुन लागेपछि राष्ट्रिय विपद् प्राधिकरणको बैठक जारी, गृहमन्त्री र सुरक्षा प्रमुखहरू छलफलमा

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । देशभर मनसुन सुरु हुन लागेका बेला सम्भावित बाढी, पहिरो र डुबान जस्ता मनसुनजन्य विपद्‌को सामना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको छ ।

गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा बसेको उक्त बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका प्रमुखहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार मनसुनका समयमा हुन सक्ने सम्भावित जोखिमको पहिचान, क्षतिको आकलन, तथा विपद्‌पछि तत्काल गरिने उद्धार, राहत वितरण र पुनःस्थापनाको पूर्वतयारीबारे केन्द्रित रहेर बैठक बोलाइएको हो ।

बैठकमा मनसुन प्रतिकार्य योजनालाई प्रभावकारी रूपमा लागू गर्ने र सुरक्षा निकायहरूलाई हाई अलर्टमा राख्ने विषयमा पनि छलफल भइरहेको छ । सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा उद्धार सामग्रीको पूर्वभण्डारण र जनशक्ति परिचालनका विषयमा बैठकले आवश्यक निर्णयसमेत गर्ने प्राधिकरण स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट