२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

स्प्रिङबेस एआई नेपालमा सार्वजनिक, कसरी गर्छ काम एआईले ?

बिहिवार , आषाढ ४, २०८३

अमेरिकाको डेलावेयरमा प्रधान कार्यालय रहेको इनोभेन्चर्स एआई इंकले पूर्ण एआई अपरेटिङ सिस्टम ‘स्प्रिङबेस एआई’ नेपालमा सार्वजनिक गरेको छ । हाल विश्वभरका प्रोफेसनल र संस्थाले प्रयोग गर्दै आएको यो प्लेटफर्म नेपालका नयाँ पुस्ताका प्रतिभा, व्यवसाय र संस्थाका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ ।

स्प्रिङबेस एआई अवधारणादेखि कार्यान्वयन र लक्ष्यदेखि नतिजासम्म पुग्न सहज बनाउने उद्देश्यले तयार पारिएको हो । यो प्लेटफर्मले कम्पनीको ज्ञान र बैठकका तथ्यांकलाई रिपोर्ट, परियोजना विवरण, प्रस्ताव, ड्यासबोर्ड र पुन: प्रयोग गर्न मिल्ने कार्यप्रवाहजस्ता व्यवस्थित नतिजामा रुपान्तरण गर्न सक्षम बनाउने स्प्रिङबेस एआईका सह–संस्थापक भरत गोल्छाले बताए ।

यो प्लेटफर्मले एआई–सहायता प्राप्त कार्यका लागि एक व्यवस्थित कार्यप्रवाह प्रदान गर्छ भने प्रयोगकर्ताले विशिष्ट लक्ष्य प्रविष्ट गरेपछि सम्पादन योग्य योजनाको समीक्षा गर्न सक्छ । नेपालमा एआईको सम्भावना र यथार्थबीचको दूरीलाई कम गर्न स्प्रीङबेसको डिजाइन गरिएको र नेपाललाई आधिकारिक रूपमा एआई युगमा प्रवेश गराउने पहल गरिएको कम्पनीका सह–संस्थापक आकाश जाटियाले बताए ।

कसरी काम गर्छ स्प्रिङबेस एआईले ?

यो प्लेटफर्मले एआई-सहायता प्राप्त कार्यहरूका लागि एक व्यवस्थित कार्यप्रवाह प्रदान गर्दछ ।

 प्रयोगकर्ताहरूले आफ्नो विशिष्ट लक्ष्य प्रविष्ट गरेपछि सम्पादन योग्य योजनाको समीक्षा गर्न सक्छन् ।

संस्थाको आफ्नै कागजात तथा व्यावसायिक सन्दर्भको आधारमा यसले सान्दर्भिक नतिजा दिन्छ ।

प्राप्त नतिजाहरूलाई सहजै सम्पादन गर्न, सेयर गर्न, निर्यात (Export) गर्न वा भविष्यको प्रयोगका लागि “रेसिपी” का रूपमा सुरक्षित राख्न सकिन्छ । 

नेपाली प्रोफेसनल्स र संस्थाहरूका लागि यो प्लेटफर्म करसहित प्रतिमहिना मात्र रु. १,४९९ मा उपलब्ध गराइएको छ । प्रयोगकर्ताहरूले आफ्नो डाटामा पूर्ण स्वामित्व र नियन्त्रण कायम राख्दै springbase.ai मा सिधै दर्ता (Sign up) गर्न सक्नेछन् ।

नेपालमा इनोभेन्चर्स एआई इन्कको आधिकारिक कन्ट्री पार्टनरका रूपमा माइन्ड स्न्याक प्रा. लि. ले काम गर्नेछ । माइन्ड स्न्याकले स्थानीय स्तरमा अनबोर्डिङ, तालिम, एआई कार्यान्वयन र कार्यप्रवाह एकीकरणमा टोलीहरूलाई सहयोग गर्दै ग्राहकको व्यावसायिक सफलता सुनिश्चित गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
ताजा अपडेट