२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो । दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको नेपालको ठेगाना खुलेको छैन । असार २९ गते राति करिब ९ बजे भएको कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार कार यादवले चलाइरहेका थिए । सो कारमा ओलीसहित अरु दुई जना पनि थिए । भारी वर्षा भइरहेका बेला सो कार सडकमा चिप्लिएर रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको थियो । प्रहरीका अनुसार यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।

कारमा सवार अन्य दुई जना भने घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनासम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

दुर्घटनामा मृत्यु पश्चात लुइजियाना टेक विश्वविद्यालयले घटनापछि शोक विज्ञप्ति जारी गर्दै दिवंगत विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । तर त्यसमा मृतक विद्यार्थीहरुको नाम–ठेगाना भने उल्लेख छैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट