२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

घुस डिलको आरोप लागेका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । घुस डिलसम्बन्धी अडिओमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

उनले फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको जानकारी दिएका हुन् । मन्त्री गुप्तालाई प्रधानमन्त्रीले सोमबार बालुवाटारमा बोलाएर सोधपुछ गरेका थिए।

भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी 'डिल गरेको'अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ताको राजीनामा माग भएको थियो।

सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायतले मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। साथै, एमालेका नेता राजन भट्टराईलगायतले पनि मन्त्री गुप्तालाई हटाउन माग गरेका थिए।

गुप्ता एमालेका प्रतिनिधि सभा सांसद र केन्द्रीय सदस्य पनि हुन्। मन्त्री गुप्ताले भने आफ्नो आवाज परीक्षणका लागि तयार रहेको तथा पैसा आफ्नो र मन्त्रालय दुवैको खातामा नआएको दाबी गर्दै आएका थिए। उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, 'बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।'

अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निस्टाको साथ पूरा गर्ने प्रतिबद्धताका साथ जनताको घर दैलोमा आउने प्रण समेत उनले गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट