२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

भक्तपुरका मालपोत प्रमुख र कार्यालय सहयोगी २४ लाख घुससहित पक्राउ

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भक्तपुरका मालपोत कार्यालयका प्रमुख अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकारामलाई २४ लाख घुससहित नियन्त्रणमा लिएको छ।

जग्गाको लगतकट्टाका लागि उनीहरूले घुस लिएका हुन्। अख्तियारको टोलीले उनीहरूलाई मंगलबार दिउँसो कार्यालयबाटै पक्राउ गरेको हो।

पैसा भने कार्यालय सहयोगी राउतबाट बरामद भएको आयोगले जनाएको छ। कार्यालय प्रमुखकै मिलेमतोमा उनले पैसा उठाएको आयोगको दाबी छ । आयोगले कार्यालय प्रमुख आचार्यको दुईवटा मोबाइल पनि जफत गरेको छ ।

आचार्य उदयपुर बेलका नगरपालिका-४ घर भई कागेश्वरी मनोहरा नगरपालिका-७ बस्छन्। भने राउत चाँगुनारायण नगरपालिका-९ घर भई मध्यपुर ठिमी नगरपालिका-१ मा बस्छन्।

उनीहरूले भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी सो जग्गाको मोहीको नाममा जग्गा धनी प्रमाणपत्र बनाउने प्रयोजनाको लागि घुस लिएको अख्तियारको आरोप छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट