२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

पानी जहाज सञ्चालनसम्बन्धी विधेयक अघि नबढाइएकोमा सांसद् भट्टचनको चिन्ता

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचनले सरकारले नेपालमा पानी जहाज सञ्चालनसम्बन्धी विधेयकलाई प्राथमिकतामा नराखेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यथाशीघ्र ‘फास्ट ट्र्याक’ प्रक्रियाबाट पानी जहाज सञ्चालनसम्बन्धि विधेयकलाई अगाडि बढाउन आग्रह गरे ।

उनले नेपालमा पानी जहाजसम्बन्धी पहिलो विधेयक २०२७/२८ सालमै आएको भए पनि त्यसपछि झण्डै ४५ वर्षसम्म कुनै सरकारले प्राथमिकतामा नराखेकोप्रति गम्भीर चिन्ता व्यक्त गरे।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा मात्र पानी जहाज सञ्चालनको विषयमा पुनः चासो देखिएको र २०७६ साल असोज २१ गतेको मन्त्रिपरिषद् बैठकबाट सम्बन्धित कानुनलाई संशोधन तथा एकीकरण गर्ने प्रस्ताव अघि सारिएको स्मरण गराए।

यद्यपी, पाँच वर्ष बितिसक्दासमेत विधेयक संसदबाट पारित हुन नसकेको उल्लेख गर्दै उनले अब पनि ढिलो गरेमा २०८४ सालसम्म पनि नेपालमा पानी जहाज सञ्चालन नहुने सम्भावना रहेको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट