काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता डिपोर्ट हुने नेपालीको संख्या १९७ पुगेको छ । ट्रम्प प्रशासनले कडा अध्यागमन नीति अख्तियार गरेपछि चार्टर्ड विमान र नियमित उडानमार्फत नेपालीहरु फर्काइएका हुन् ।
अध्यागमन विभागका अनुसार २५ जेठमा ३७ नेपाली डिपोर्ट भएर आएयता नियमित जसो एक/दुई जना नेपाली डिपोर्ट भएर आइरहेका छन् । त्यसयता १९ जना नेपाली डिपोर्ट भएका छन् ।
त्यसबेला अमेरिकाले चार्टर्ड विमानमै उनीहरुलाई पठाएको थियो भने अहिले नियमितजसो एकरदुई जना नेपाली नियमित उडानमार्फत फर्किइरहेका विभागले जनाएको छ ।
नेपाल आएका अधिकांश चाहिँ तल्लो बाटो हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्नेहरु छन् । डिपोर्ट भएर आएकाहरुले आफूहरुलाई अवैध रुपमा अमेरिका पठाउने गिरोहबारे कुनै पनि सूचना दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस