२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : गृहमन्त्री

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।

आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सङ्घ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँटमा पनि विपद् व्यवस्थापन तीन वटै तहको कार्यक्षेत्रमा पर्ने बताए । “हामी उच्च जोखिमपूर्ण भुगोलमा छौँ”, उनले भने, “विपद्को सामाना र व्यवस्थापनका लागि तीन वटै तहबीच समन्वय र सहकार्य जरुरी छ ।”

सात वटै प्रदेशमा आपत्कालीन गोदामघरहरू रहेको बताउँदै उनले ती गोदामघर सञ्चालन प्रदेश सरकारले गर्नेगरी हस्तान्तरण गरिएको जानकारी दिए । “काठमाडौंको गोदामघर विपद् प्राधिकरणसँग रहन्छ”, उनले भने, “छ वटा प्रदेशस्तरका गोदामघरको सञ्चालन प्रदेश सरकारले गर्नेछन् ।”

नागरिकसँगको सबैभन्दा नजिक स्थानीय जनप्रतिनिधि रहने भएकाले आपतकालीन गोदामघरहरू पालिकास्तरमा स्थापना गरेर तल्लो तहसम्म विपद् व्यवस्थापनका लागि सक्षम बनाउनुपर्नेमा गृहमन्त्री लेखकले जोड दिए । उनले विपद् पूर्वसूचना र विपद् पछिको खोज, उद्धार तथा पुनःस्थापनामा सबैले सहकार्य र समन्वय गर्नुपर्ने बताए ।

विगतमा विपद्का बेला गोदामघरबाट सामग्री उपयोग गर्दाको झन्झटिलो प्रक्रियालाई सहज पार्दै गोदामघर प्रदेश सरकारलाई सञ्चालनको जिम्मेवारी दिइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट