२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आकर्षक डिजाइन र गज्जबको परफर्मेन्ससहित सामसुङले नेपालमा ल्यायो ‘एम३६–५जी एडभान्स् एआई’

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । सामसुङले आकर्षक डिजाइन र गज्जबको परफर्मेन्ससहित एम३६–५जी एडभान्स् एआई सिरिज नेपालमा ल्याएको छ ।

नेपालकै सबैभन्दा भरपर्दो स्मार्टफोन ब्रान्ड सामसुङले ग्यालेक्सी M सिरिजमा नयाँ Galaxy M36 5G चाँडै सार्वजनिक गर्दैछ। यो स्मार्टफोन Velvet Black र Serene Green रंगमा नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

फोन यी दुई भेरियन्टमा उपलब्ध हुने :

- 8GB + 128GB – NPR 36,999

- 8GB + 256GB – NPR 41,999

यस्तो छन् Galaxy M36 5G का मुख्य विशेषताहरू:

AI इनोभेसन, अब तपाईंको औँलामा

Google सँगको Circle to Search र Gemini Live जस्ता फिचरहरू मार्फत, Galaxy M36 5G ले AI लाई अझ नजिक ल्याउँछ। चाहे तस्बिर चिन्ने होस् वा AI असिस्टेन्टसँग लाइभ कुराकानी – सबै काम सहज र इन्ट्युटिभ।

मन्स्टर ड्युराबिलिटी र नयाँ डिजाइनको मेल

सिर्फ 7.7mm पातलो यो फोन Corning® Gorilla® Glass Victus®+ बाट सुरक्षित छ, जसले ड्रप र स्क्र्याचबाट उत्कृष्ट सुरक्षा दिन्छ। 6.7-इन्चको FHD+ Super AMOLED स्लीम बेजल डिस्प्ले, 120Hz रिफ्रेश रेट र Vision Booster टेक्नोलोजीसहित, घाममा पनि क्लियर भिजुअल प्रदान गर्छ।

शानदार क्यामेरा क्षमता

50MP OIS ट्रिपल क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्बिरहरू खिच्छ। Auto Night Mode र Nightography फिचरहरू छन्। अगाडि र पछाडि दुवै क्यामेरामा 4K भिडियो रेकर्डिङ सपोर्ट, साथै Photo Remaster र Object Eraser जस्ता एडिट टुलहरू पनि उपलब्ध छन्।

मन्स्टर परफर्मेन्स

Exynos 1380 (5nm) प्रोसेसरले मल्टिटास्किङ र गेमिङ दुवैका लागि पर्फेक्ट बनाउँछ। Vapor cooling chamber ले ओभरहीट हुन दिँदैन। 5000mAh ब्याट्री र 25W फास्ट चार्जिङले पुरै दिन पावर दिन्छ ।

दिगो सफ्टवेयर र सुरक्षासहित

6 वर्षको सुरक्षा अपडेट र 6 जेनेरेशनसम्मको Android अपग्रेड ग्यारेन्टीका साथ, Galaxy M36 5G लामो समय टिक्ने फोन हो। One UI 7 मा चल्ने यसमा क्लीनर होम स्क्रिन, अपडेटेड विगेट्स र Now Bar जस्ता नयाँ फिचरहरू छन्। Samsung Knox Vault मार्फत डेटा सुरक्षित राखिन्छ।

Galaxy M36 5G जुलाई २४, २०२५ देखि नेपालभरका Samsung रिटेल स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ