२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

भिभो वाई–५०० स्मार्टफोन सार्वजनिक, कति पर्छ त ?

बुधवार , आषाढ १७, २०८३

भिभोले भिभो वाई–५०० स्मार्टफोन सार्वजनिक गरेको छ।

कम्पनीले यो फोन पर्ल ह्वाइट र मिडनाइट ब्ल्यू रंगमा ल्याएको हो।

यो स्मार्टफोनमा ८१०० एमएएचको ब्लुभोल्ट ब्याट्री दिइएको छ, जुन भिभो वाई सिरिजकै सबैभन्दा ठूलो ब्याट्री क्षमता भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार फोनले लगातार १० घण्टासम्म गेम खेल्न सकिने क्षमता दिन्छ।

फोनमा ६.७७ इन्चको १.५के इन्फिनिटी एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र ५००० निट्स पिक ब्राइटनेस रहेको छ। साथै डुअल स्टेरियो स्पिकर पनि राखिएको छ।

भिभो वाई५०० मा ५० मेगापिक्सलको सोनी मेन क्यामेरा र ३२ मेगापिक्सलको फ्रन्ट क्यामरा छ।

फोनमा आइपी६८ र आइपी६९ डस्ट तथा वाटर रेसिस्टेन्स सुविधा दिइएको छ।

यो फोन ८ जिबी/१२८ जिबी र ८ जिबी/२५६ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध छ।

यसको मूल्य क्रमशः ५४ हजार ९९९ रूपैयाँ र ६१ हजार ९९९ रूपैयाँ तोकिएको छ।

भिभोका अनुसार फोन भिभोका आधिकारिक स्टोर तथा दराजमार्फत बिक्री हुनेछ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट