चितवनमा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण कार्यक्रमका लागि नेताहरू पार्टीको केन्द्रीय कार्यालयमा जम्मा हुन थालेका छन् ।
रास्वपाका सभापति रबि लामिछानेसहित उपसभापति स्वर्णिम वाग्ले तथा नवनिर्वाचित केन्द्रीय सदस्यहरू हाल वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय (घण्टीघर) मा उपस्थित भइरहेका छन् ।
पार्टीका अनुसार केही समयभित्रै सपथ ग्रहण कार्यक्रम सुरु हुने तयारी गरिएको छ । महाधिवेशनबाट निर्वाचित नेतृत्वले सपथ ग्रहणसँगै औपचारिक रूपमा आफ्नो कार्यकाल सुरु गर्नेछ।
प्रतिक्रिया दिनुहोस