२०८३, आषाढ १६ गते

मंगलवार, आषाढ १६ गते २०८३

रास्वपा केन्द्रीय सदस्यमा विवाद

एक वर्षअघि रविको न्याय खोजेका सोम,आज आफ्नै न्यायको याचान गर्दै

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं / चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट गण्डकी प्रदेशतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएको दाबी गरेका सोम शर्माले निर्वाचन समितिको आधिकारिक नतिजाप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।

शर्माले सामाजिक सञ्जालमार्फत भावुक टिप्पणी सार्वजनिक गर्दै आफूलाई निर्वाचन प्रक्रियामा दोस्रो पटक अन्याय भएको बताएका छन्। उनका अनुसार सुरुमा मतगणनाका क्रममा त्रुटि हुँदा आफ्नो नाम निर्वाचित सूचीमा समावेश नगरिएको थियो। पछि निर्वाचन समितिले त्यसलाई ‘प्राविधिक त्रुटि’ भन्दै सच्याएको थियो। तर अन्तिम आधिकारिक सूचनामा फेरि आफ्नो नाम हटाएर पूजा बास्तोलालाई निर्वाचित घोषणा गरिएको भन्दै उनले प्रश्न उठाएका छन्।

शर्माले आफू गण्डकी प्रदेश भूगोलतर्फ ९९३ मत प्राप्त गरी चौथो स्थानमा रहेको दाबी गरेका छन्। प्रदेशबाट पाँच जना निर्वाचित हुने व्यवस्था रहेकाले कुन आधार, विधि र विधानअनुसार आफूभन्दा कम मत प्राप्त उम्मेदवारलाई अघि सारिएको भन्ने विषयमा स्पष्ट पार्न माग गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘ठिक एक वर्षअघि यही पार्टी कार्यालयमा हामी रवि दाइको न्यायका लागि हस्ताक्षर गर्न आएका थियौं, तर आज त्यही ठाउँमा आफ्नै न्यायको याचना गर्नुपरेको छ ।’

उनले यो विषय आफू व्यक्तिगत रूपमा अन्यायमा परेको मात्र नभई आफूलाई विश्वास गरेर मत दिने ९९३ सदस्यमाथिको अपमान भएको बताएका छन्।

शर्माले पार्टी नेतृत्वलाई सम्बोधन गर्दै आफू अझै पनि सत्य र न्यायप्रति आशावादी रहेको उल्लेख गरेका छन्। साथै, आधिकारिक निर्णयबारे जानकारी समेत आफूले सामाजिक सञ्जालबाट मात्रै थाहा पाएको र यसबारे पार्टीबाट कुनै जानकारी वा संवाद नगरिएको गुनासो गरेका छन्।

रास्वपाको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नतिजामा गण्डकी प्रदेशतर्फ केन्द्रीय सदस्यमा पूजा बास्तोला निर्वाचित भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट